गुरुङ फिल्म टुकु गित को टिक टक प्रतियोगिता


उतरी गोर्खामा बोलिने गुरुङ भासामा निर्माण भएको गुरुङ फिल्म टुकु ( पछ्यौरी ) को पहिलो गित - छ्याजालो सिबुख्याङ को भिडियो रिलिज भएको छ ।

आइतराम गुरुङ को गित संगीतमा आइतराम गुरुङ र धनमाया घले को स्वर ले सजिएको गित को फिल्ममा कोरियोग्राफी सन्तोसी गुरुङ ले गर्नुभएको छ ।

गत माघ - फागुनमा शुटिङ सम्पन्न गरिएको टुकु फिल्मको छायांकन खेम थापा मगर, सम्पादन - मेक थापा मगर, पोस्ट प्रोडक्सन - रोधी डिजिटल, निर्माण सुमन गुरुङ, आइतराम गुरुङ ले गर्नुभएको हो भने निर्देशन प्रितम गुरुङ को रहेको छ।

टिक टक प्रतियोगिता

निर्माण टिम ले भासाको गित लाई प्रचारप्रसार गर्ने उदेश्य ले टिक टक प्रतियोगिता #tuku आयोजना गरेको छ । जसमा लाइक भ्युजको आधारमा प्रथम, दितिय र तृतीय घोषणा हुनेछ ।

पुरस्कर राशी

  • प्रथम पुरस्कार : ७,०००/-
  • दोस्रो पुरस्कार : ५,०००/
  • तेस्रो पुरस्कार : २५००/-

प्रतियोगिता समय रेखा

आज, मंसिर ३, बाट भिडियो पठाउन आव्हान गरिएको - टुकु टिकटक प्रतियोगिता मा आफ्नो भिडियो मंसिर १५ गते सम्म रोधि डिजिटल को ह्वाट्स अप नम्बर 9813273704 मा पठाईसक्नु पर्नेछ।।।

स्मरण रहोस् यश भन्दा अगाडि रोधी ले - ओ माइला, ओछे नारा म्हैना को टिक्टक प्रतियोगिता गरेको छ । नव प्रतिभा को प्रतिभा प्रस्फुटन गर्ने उदेश्य र आफ्नो भासा सरछन गर्ने उदेश्य ले रोधी ले यस्तो कार्य गरेको हो ।