नायिका बाट गायिका बनेको मन्जु गुरुङको लाहुरै बाट रिलिज


नायिका बाट गायिका बनेको मन्जु गुरुङको लाहुरै बाट रिलिज

प्राय गायक / गायिका बाट नायक / नायिका अनि मोडल बनेको थुप्रो भेटिन्छ - कला छेत्रमा । गुरुङ फिल्म को नायिका मन्जु गुरुङ भने नायिका बाट गायिका बन्नु भएको छ ।

वहाले गाउनु भएको पहिलो गित लाहुरै वाट , हिजो एक कार्यक्रम आयोजना गरि बिधिबत रूपमा बिमोचन गरिएको छ । गुरुङ ( तमु ) कलाकार सघ का अध्यक्ष राजु गुरुङ को प्रमुख आतिथ्य मा विभिन्न बिशिस्ट ब्याक्तित्वहरु , सन्चारकर्मी , कलाकारहरुको उपस्थितिमा म्युजिक भिडियो प्रोजेक्टर बाट देखाएर फस्ट रिलिज गरिएको थियो । प्रमुख अतिथी ज्यु ले मन्जु गुरुङ को अफिसियल युट्युब च्यानल पनि बिधिबत रूपमा शुचारु गर्नुभएको थियो ।

भिडियो रिलिज पछी , भिडियो पृथक , राम्रो बनेको अनि फिल्म हेरेको जस्तो लागेको प्रतिक्रिया पाएको थियो ।

सबैले मन्जु गुरुङ को पहिलो कामको खुलेर प्रशासा गर्नुभएको थियो । मन्जु गुरुङ र दुर्गा गुरुङ को स्वर मा सजिएको कौडा गित लाहुरै बाट को म्युजिक भिडियो मा नायक आनन्द गुरुङमन्जु गुरुङ को अभिनय रहेको छ । आफ्नै गाउँ , गोर्खाको सुगुरे गाउँमा छायांकन गरिएको गितमा स्थानीय नानीहरु निर्त्य गर्नुभएको छ भने आमासमुह , बाबा समूह , गाउले को पुर्ण सहयोग भएको छ ।

खेम थापा मगर को छायांकन , मेक थापा मगर को सम्पादन , सन्तोषी गुरुङ को कोरियोग्राफी र रोधी डिजिटल बाट निर्माण गरिएको भिडियोको निर्देशन , गुरुङ चलचित्र निर्देसक प्रितम गुरुङ ले गर्नुभएको छ ।

कार्यक्रमको केहि क्षणहरू

Collage 1

Collage 2