गोर्खाको गाखु गाउँ प्रबर्द्धन को लागि गाखुको गित रिलिज


गोर्खाको गाखु गाउँ प्रबर्द्धन को लागि गाखुको गित रिलिज

मङ्सिर । गोर्खा जिल्लाको सिरान्चोक गाउपालिका वडा न ६ मा अवस्थित गाखु गाउँ को प्रचारप्रसार को लागि गित तथा म्युजिक भिडियो निर्माण गरि अहिले युट्युब रिलिज गरिएको छु । जस्को निर्माण टिम रोधी ले गरेको छ ।

भनिन्छ नि आट भएपछि असम्भव केहि हुदैन । यसैको उदाहरण पनि हो - गाखु गाउँ को भिडियो निर्माण । सामाजिक सेवा तथा पेशागत रूपमा सौन्दर्यकर्मी सेमि गुरुङ ले अरु अरु गाउँ ठाउँ को गित/ भिडियो निर्माण भएर युट्युब मा हेर्दा आफ्नो गाउँको पनि त्यसरी नै बनाउने शोच बनाउनु भएको थुप्रो भएको थियो । यश बर्ष को लकडाउन समय जेठ / असार महिनामा , गित रेकर्डिङ गराउनुभयो । जसमा गित / संगीत - गणेश गुरुङ र स्वर - तारा श्रीस मगर को रहेको छ । लकडाउन को समयमा रेकर्ड गरिएको गित हो - गाखु गाउँ को गित ।

गाखु गाउँ को प्राकृतिक , सास्कृतिक , भौगोलिक बस्तुस्थिती लाई शब्दको मालामा उनेर तयार पारिएको गित को भिडियो निर्माण गर्ने जिम्मा - टिम रोधी ले पायो । टिम रोधीले उत्कृष्ट बनाउने प्रयास गरेको छ । गाखु गाउँ को मौलिक सस्कार ,सस्कृती , मौलिकता , प्राकृतिकता , माटोमा रहेर म्युजिक भिडियो निर्माण को प्रयास गरेको छ । भिडियोमा , सेमि गुरुङ वहाँको जिवनमा नै पहिलोपटक क्यामराफेस अर्थात मोडल बन्नुभएको छ भने गाखु गाउँ कै (जस्ले पहिला नि अभिनय / मोडल गरिसक्नु भएको छ ) सिमा गुरुङ पनि मोडल हुनुहुन्छ । स्थानीय कलाकारहरु मजाले नाच्नु भएको छ । भिडियोमा , गाखुले को नामरुक माइ , चुट्का , सोरठी , अतिथी सत्कार ,रोधीमा झ्याउरे आदि मौलिकता झल्किएको छ ।

टिम रोधीको लागि , कोरियोग्राफर - सन्तोषी गुरुङ , मेकअप - इना गुरुङ , क्यामरा / ड्रोन - खेम थापा मगर , सम्पादन - मेक थापा मगर , पोस्ट - रोधी डिजिटल ,निर्माता - सेमि गुरुङ र निर्देशन - प्रितम गुरुङ ले गर्नुभएको छ ।

देख्दा सजिलो भएतापनी एकजना ब्यक्तिले , जसलाई गित / संगीत / भिडियो बिधाको ज्ञान बिना पनि ब्यबस्थापन ( सामान्य ड्रेस देखि अडियो / भिडियो निर्माण ,आर्थिक , ब्याबहारिक ) गर्नु भै आफ्नो जन्मस्थल गाखु गाउँ लाई सन्सार लाई चिनाउने काम गर्नुभयो । त्यसैले भनिन्छ नि आट्नुपर्छ पुगिन्छ , गर्नुपर्छ सकिन्छ बोलेर मात्र हुदैन । यसको उपमा हुनुहुन्छ - सेमि गुरुङ । निस्वार्थ भाबनामा वहाँले आफ्नो ओझेलमा परेको जन्मस्थल लाइ

विश्व माझ परिचित गरिदिनुभएको छ । सम्पुर्ण गाखु गाउँको बाबाआमा , अजम्बरी युवा क्लब , मिलनशिल आमा समूह ले , वहाँ प्रती गर्व गर्नुपर्छ ।

गोर्खाको लुकेर बसेको सिरान्चोक को काखमा रहेको गाखु गाउँ को भिडियो , भ्लगहरु रोधी डिजिटल को युट्युब च्यानल मा हेर्न सक्नुहुनेछ ।

शूटिंग देखि केहि क्षणहरू

Gakhu Gaon

Gakhu Gaon

Gakhu Gaon

गित को भिडियो