पहच्यु भाईखलक को ल्होसार हुँदै


पहच्यु भाईखलक को ल्होसार हुँदै

गुरुङ त्यसमा पनि पहच्यु थर को गुरुङहरु एकआपसमा चिनजान तथा भेटघाट गर्ने उदेश्यले ल्होसार शुभकामना आदनप्रदान कार्यक्रम हुने भएको छ । जस्को आयोजना काठमाडौमा रहेको पहच्यु गुरुङ कलाकार ले गर्ने भएको छ ।

रास्टृयस्तरको कलाकारहरु दुर्गा गुरुङ , शर्मिला गुरुङ , प्रितम गुरुङ , राजु गुरुङ , सागर गुरुङ , भिमु गुरुङ , चिज गुरुङ , धन गुरुङ आदि सबै पहच्यु थर को गुरुङ हो ।

विविध सास्कृतिक कार्यक्रम सहित हुन लागेको ल्होसार शुभकामना कार्यक्रम , काठमाडौमा पहिलो पटक हुन लागेको हो । बिशेष गरेर , बाबा - छोरा - नाति , ३ पुस्ता लाई एकैठाउमा समेट्ने अभिप्राय मा हुन लागिरहेको ल्होसर कार्यक्रममा काठमाडौमा रहेकोे सम्पुर्ण पहच्यु भाइखलक लाई जोड्ने प्रयास भएको आयोजक बाट थाहा भएको छ ।

पहच्यु गुरुङ कलाकार समिती द्वारा आयोजित कार्यक्रम आगामी पुस २४ गते दिउँसो २ बजे बाट तमु ह्युल भबन मित्रनगर मा हुदैछ ।