कौडा किङ दुर्गा र नायिका मन्जु गुरुङ को - लाहुरै बाट


कौडा किङ दुर्गा र नायिका मन्जु गुरुङ को - लाहुरै बाट

कौडा किङ भनेर परिचित गायक तथा संगीतकार दुर्गा गुरुङ को स्वरमा धेरै लामो समय पछि कौडा गित बजारमा आउन लागेको छ ।

सु . टेक गुरुङ को लय तथा शब्दमा , दुर्गा गुरुङ को म्युजिक एरेन्जमा दुर्गा गुरुङ सङ पहिलो पटक गुरुङ फिल्म को नायिका मन्जु गुरुङ ले स्वर दिएको छ ।

हिजो भर्खरै गोर्खाको अजिरकोट गाउपालिका - ३ सुगुरे , भच्चेक मा शुटिङ गरिएको कौडा गितमा नायक आनन्द गुरुङ र मन्जु गुरुङ को मुख्य अभिनय , मोडल गर्नुभएको छ । स्थानीय गाउले नानीहरू र इना , विद्या , दिपाछी , सन्ध्या गुरुङ को निर्त्य रहेको मा खेम थापा मगर को सिनेमाटोग्राफी , मोहन लामाको मेकअप , सन्तोषी गुरुङ को कोरियोग्राफी र पोस्ट प्रोडक्सन रोधी डिजिटल मा भैरहेको छ ।

चलचित्र निर्देसक प्रितम गुरुङ ले निर्देशन गर्नुभएको कौडा गित लाहुरै बाट को म्युजिक भिडियोमा नंयापन ल्याउन स्टोरी प्लेयिङ गरेको बताइएको छ ।

सास्कृतिकपन लाई कथा मा ढालेर फ्युजन गरिएकोले नयापन भनिएको म्युजिक भिडियो अर्को हप्ता युट्युब रिलिज हुने बताइएको छ ।

शूटिंग देखि केहि क्षणहरू

Collage 1

Collage 2