प्रितम को तेस्रो बन्यो - नायिका मन्जु गुरुङ


प्रितम को तेस्रो बन्यो - नायिका मन्जु गुरुङ

सर्बबिदित कुरा हो , निर्देसक प्रितम गुरुङ बिरामी भएर काममा फर्किएपछि सबै सङ काम गर्छु भन्नू भएको थियो । सोही अनुरुप , कार्तिक महिनामा - नायिका रिया गुरुङ सङ लाप्राक गाउँमा नौलो माया , मङ्सिर महिनामा - नायिका रजनी गुरुङ सङ सिन्धुपाल्चोक टुङाथली गाउँमा र अहिले पुस महिनामा नायिका मन्जु गुरुङ सङ सुगुरे गोर्खा मा लाहुरै बाट आयो भन्ने गित को म्युजिक भिडियो मा काम गर्नुभएको छ । यसरी गुरुङ फिल्मको नायिकाहरु सङ काम गर्ने क्रममा नायिका मन्जु गुरुङ , तेस्रोमा परेको हो ।

“गुरुङ फिल्मका नायिकाहरु रिया , रजनी र मन्जु गुरुङ सङ फरक फरक म्युजिक भिडियो , लोकेसनमा सङै काम गरेतापनी भिन्न अनुभव बटुलेको बताउनु हुन्छ” - निर्देसक प्रितम गुरुङ । भर्खरै छायांकन सकिएको मन्जु गुरुङ अभिनित भिडियो भने कौडा गित को रहेकोे छ । जसमा दुर्गा गुरुङ र मन्जु गुरुङ को स्वर रहेकोे छ भने अभिनय नायक आनन्द गुरुङ र नायिका मन्जु गुरुङ को रहेकोे छ ।

कौडा गित लाई पनि स्टोरी बनाएर नया प्रयोग गरिएको निर्देसक प्रितम गुरुङ बताउनुहुन्छ ।

नायिका मन्जु गुरुङ को आफ्नै कर्मघर गोर्खाको सुगुरे गाउँमा छायांकन गरिएको लाहुरै बाट आयो गित को कोरियोग्राफी - सन्तोषी गुरुङ , सिनेमाटोग्राफी - खेम थापा मगर , सम्पादन - मेक थापा मगर र पोस्ट प्रोडक्स - रोधी डिजिटल मा गरिएको छ भने चाडै नै युट्युब रिलिज गरिने भएको छ ।

शूटिंग देखि केहि क्षणहरू

Collage 1

Collage 2

Collage 3