पर्बतको बालाकोटमा हितैको माया


पर्बतको बालाकोटमा हितैको माया

“पोखरा देखि चलेको गाडी , गुरुरु बालाकोटमा रोकियो
हितैको माया , छुटेको छुटेइ आज बालकोट्मा भेटियो|”

यसरी पर्बतमा प्रचलित स्थानीय सालैजो भाकाको गितमा टिम रोधी ले छायांकन सकाएर फर्किएको छ । दिपक गुरुङ र शर्मिला गुरुङ को स्वर मा सजिएको हितैको माया , गित को शुटिङ दक्षिण पर्बतको बालकोट गाउँमा गरिएको हो ।

काठमाडौ बाट १२, १३ घन्टाको बसको यात्रामा पुगिने बालकोट , महाशिला गाउँ पालिका - ३ मा पर्छ । २ दिन लगाएर , कथापन बनाइ फरकपन ल्याउने प्रयासमा छायांकन गरिएको हितैको माया मा , आनन्द गुरुङ र अर्चना काउचा मगर को मुख्य भुमिका रहेको छ भने छायांकन - खेम थापा मगर , मेकअप - इना गुरुङ , स्टिल - छेसाङ गुरुङ , कोरियोग्राफी - सन्तोषी गुरुङ , सम्पादन - मेक थापा मगर , पोस्ट - रोधी डिजिटल र निर्देशन - प्रितम गुरुङ को रहेको छ।

शूटिंग देखि केहि क्षणहरू

Hitaiko Maya

Hitaiko Maya