कस्तो रहेछ - शिरसुबा ? काठमाडौमा बिग प्रिमियर


कस्तो रहेछ - शिरसुबा ? काठमाडौमा बिग प्रिमियर

१८ फागुन । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुक को दोस्रो प्रस्तुति गुरुङ चलचित्र शिरसुबा , गत १५ गते शनिबार सामाखुसी स्थित रानिदेबी पार्टी प्यालेस मा प्रिमियर शो गरियो । अभिनेता दयाहाङ राई ज्यु को प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम भएको थियो ।

आयोजक बुढी गण्डकी फिल्मका प्रबन्धक आइतराम गुरुङ को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा , बिशेष अतिथिको रूपमा , निर्देसकरामबाबु गुरुङ रहनुभएको थियो भने अन्य अतिथिहरु मा , राजु गुरुङ ( अध्यक्ष तमु कलाकार सघ ) , श्रीप्रसाद गुरुङ( अध्यक्ष , आधीखोला तमु समाज ) , दीपेन्द्र लामा ( निर्देसक ), लुनिभा तुलाधर ( कलाकार / निर्देसक ) , मनिराम पोख्रेल ( निर्माता) , महेश गुरुङ ( निर्माता ) , विल्सन बिक्रम राई ( कलाकार ), कृष्ण गुरुङ ( बरिस्ठ गायक / संगीतकार ) आदि बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रममा , आयोजक बाट प्रमुख अतिथीलाई फेदा लगाएर तथा फुलको गुच्छा दिएर स्वागत सम्मान गरिएको थियो भने प्रमुख अतिथिबाट प्रायोजकहरु लाई मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरी निर्देसक माओत्से गुरुङ ले शिरसुबाका प्राबिधिक , कलाकारहरु को परिचय गराउनु भयोभने वहाहरु सबैलाई गुरुङ चलचित्रकर्मी प्रितम गुरुङ ले खदा लगाएर स्वागत- सम्मान गर्नुभएको थियो । औपचारिक कार्यक्रम सभापति आइतराम गुरुङ ज्यु ले सम्पुर्ण प्रायोजक , कलाकार , निर्माता , दर्शकहरु लाई धन्यवाद दिएर समापन गरिएको औपचारिक कार्यक्रम को सन्चालन कलाकार बिरबल घले ले गर्नुभएको थियो ।

शङ्कर , कानुन को विद्यार्थी हो । जो आफ्नो गाउँ घान्द्रुक मै गर्नुपर्छ भन्ने मान्यता राख्छ । उ गाउँ कै शिरसुबालाइ माया गर्छ । होटल ब्याबसायी निशा र शङ्कर , मिल्ने साथी हो । गुरुङ समाज अनि पैसा मा बाधिएको हाम्रो सस्कार , नचाहदा नचाह्दै पनि आफ्नै गाउँ घान्द्रुक मा बसेर केहि गर्छु भन्ने कानुन को विद्यार्थी शङ्कर , आइ डि किनेर हङकङ बिदेशिन्छ । बिदेशिए पछी , शङ्कर हङकङ को रमझम मा रम्छ ? अनि शिरसुबा सङ को प्रेम के होला ?? निशा को मामाचेला फुपुचेलाको साइनो के होला ?? हङकङमा शङ्कर र लछ्मीको प्रेम होला ?? आदि प्रश्न को उतर खोज्न , शिरसुबा हेर्नैपर्छ

गुरुङ चलचित्र बृतमा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुक को विशेषता भनेको नै आफ्नो स्थानीयता को जगेर्ना गर्नु हो । आफ्नो भेगमा बोलिने घान्द्रुके गुरुङ भासाको प्रयोग भएको छ - शिरसुबा मा । स्थानीय , प्राकृतिक दृश्य , स्थानीय कलाकार , स्थानीय कलाकार , गित संगीत , स्थानीय कथा मा बनेको छ - शिरसुबा । घान्द्रुक , हङकङ , मुन्डेलेक को रमणीय दृश्य देख्न पाइन्छ - शिरसुबा मा ।

स - सानो भुमिकामा कलाकारहरु को अभिनय जमेको छ । एउटा सानो छोटो क्यारेक्टर उपस्थितिको अर्थ राख्छ । सानो सानो सिनमा बिम्ब मा खेल्नु , निर्देसक माओत्से गुरुङ को विशेषता हो , जुन शिरसुबा मा पाइन्छ । शिरसुबा , एउटा अर्गानिक मौलिक चलचित्र बनेको छ । यसमा एउटा पक्ष राम्रो अर्को नराम्रो भन्दा न्यायसंगत हुदैन किनकि चलचित्र टिमवर्क को प्रतिफल हो । एउटा राम्रो चलचित्र ,गुरुङ समुदाय ले पाएको छ । हाम्रो लागि बनेको हाम्रो चलचित्र हेर्नुपर्छ । पुनः बधाई शिरसुबा ।

प्रिमियर देखि केहि क्षणहरू

Shirsuba

Shirsuba

प्रिमियर म दर्शक-कलाकारको प्रतिकृया