दुर्गा गुरुङको छोरी बिद्याले ल्यायो - बनैभरी गुराँस


दुर्गा गुरुङको छोरी बिद्याले ल्यायो - बनैभरी गुराँस

गायक तथा संगीतकार दुर्गा गुरुङ को छोरी बिद्या गुरुङ पनि आफ्नै बाबाको पथमा लागेको छ ।

बिद्या गुरुङ पनि गायिका बनेको छ । त्यसो त बिद्याले थुप्रै कभर गित गाइसकेको छ तर यसपटक आफ्नै सोलो गित बनैभरी गुराँस रिलिज भएको छ ।

गत शुक्रबार , तमु कलाकार सघ नेपालको केन्द्रिय अध्यक्ष शर्मिला गुरुङ को प्रमुख आतिथ्य मा गित को म्युजिक भिडियो बिमोचन गरियो । भिडियोमा मोडल को रूपमा चर्चित गायक राम्जी खाड हुनुहुन्छ भने क्यामरा - खेम थापा मगर , श्रीङार - इना गुरुङ , सह - निर्देशन / कोरियोग्राफर - मनाङ गुरुङ , सम्पादन - मेक थापा मगर , पोस्ट - रोधी डिजिटल र गित / संगीत / निर्देशन - दुर्गा गुरुङ ले गर्नुभएको छ । तनहुँ को ऎना पार्क , चन्दनी गाउँ , भक्तपुरको साङा ,काठमाडौ फनपार्क आदि स्थलमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको छ ।

बनैभरी बिमोचन कार्यक्रममा थुप्रै गायकहरु , चलचित्रकर्मिहरु को उपस्थिति रहेको थियो ।

भिडियो , कौडा किङ दुर्गा गुरुङ युट्युब च्यानल बाट रिलिज भएको छ भने टिकटक प्रतियोगितामा रु ५,०००/- , १००००/- र १५,०००/- रकम पुरस्कर पनि राखिएको छ ।

बिमोचन को केहि क्षणहरू

Rodhi Ghar Collage 1

Rodhi Ghar Collage 2

Rodhi Ghar Collage 3

गित बनैभरी गुराँस