रोधी टिमको गुरुङ ड्रेसमा फोटोशुट


रोधी टिमको गुरुङ ड्रेसमा फोटोशुट

आजकाल कुनै चाडपर्व , बिबाह , भोजभतेर जहितही जुनै पनि समय गुरुङ पोशाकको मोह दिनप्रतिदिन बढिरहेको छ । पुरानो पुस्ता बाट नया पुस्ता सम्म गुरुङ पोशाकको प्रयोग मजाले भएको पाइन्छ । प्रयोग सङसङै बजारमा माग पनि बढेको छ । माग सङै पोशाकको परिबर्तित रुप , डिजाइन मा पनि बिभिन्नता ,पृथकता भेटिन्छ । बजारमा पाइने पोशाकको डिजाइन मा कसैले बास्तबिकता गुरुङ पोशाक को हत्या भयो भन्छन भने युवा पिढी ले त्यही नयापन लाई अंगिकार गरेर फेसनको रुपमा प्रयोग गर्छन ।

गुरुङ भेषभुसामा परिचित काठमाडौ चक्रपथ स्थित सिङापुर फेन्सी स्टोरले बजारमा ल्याएको गुरुङ ड्रेसको लेङ्गामा रोधी टिमको लागी , सन्तोषी गुरुङ , इना गुरुङ र सेमि गुरुङ ले भक्तपुर दरबार स्वकारमा फोटो शुट गरेको छ । खेम थापा मगर र छेसाङ गुरुङ को फोटोग्राफीमा प्रितम गुरुङ को कन्सेप्ट / निर्देशनमा फोटो शुट गरिएको हो । सिङापुर फेन्सी स्टोरले का प्रबन्धक बिनोद गुरुङ को अनुसार लेङा सेट को मुल्य रु १०,०००/- बाट ५०,६० हजार सम्म पर्छ । अहिलेको युवा बर्गको चाहना अनुसार नै डिजाइन गरिएको र बिक्री राम्रो भएको बताउनु हुन्छ ।

रोधी टिम , सदैब गुरुङ भासा , भेषभुसा , सस्कार , सस्कृती जोगाउने अभियानमा बिगत लामो समय बाट जोडिदै आएको छ ।

फोटोशुट को केहि क्षणहरू

फोटोशुट को